अनि स्वास्थ्य प्रवक्ताले ‘माफ गर्नुहोला’ भन्दै मुस्कुराए (भिडियो)

भदौ १९- आयुर्वेद उपचार पद्धति र आयुर्वेदकर्मीबारे दिएको विवादित अभिव्यक्तिप्रति स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनबाटै माफि मागेका छन् ।

डा. गौतमले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा ‘आयुर्वेदका नाममा पिसिआर जाँच लगायको विरोध गर्ने समूह सरकारविरुद्ध हात धोएर लागि परेको’ भन्दै ‘त्यस्ता व्यक्तिलाई च्याप्प समातेर थुन्दै जनताको जीवन बचाउँन लाग्नुपर्ने’ टिप्पणी गरेका थिए ।

प्रवक्ताको यो भनाईले आयुर्वेदिक उपचार पद्धतिमाघि संशय पैदा गरेको आयुर्वेद स्वास्थ्यकर्मी समाजले भनाई नसच्याए आन्दोलनको चेतावनी दिएसँगै डा. गौतमले माफी मागेका हुन् ।

अक्सर पत्रकार सम्मेलनमा गम्भीर मुद्रामा प्रस्तुत हुने गौतमले मुस्कुराउँदै ‘आफ्नो भनाई कुनै प्रोफेसनल काउन्सिलमा दर्ता नभईकन उपचार गर्ने र प्रचारप्रसार गर्ने व्यक्ति र संस्थाप्रति लक्षित भएको’ स्पष्ट पारे ।

‘दर्ता नभई चलेका संस्था र व्यक्तिका विरुद्धमा बोल्दा कुनै पनि स्वास्थ्यकर्मीको सम्मानमा आँच पुगेको छ भने माफ गर्नुहोला भन्ने म विनम्रता पूर्वक अनुरोध गर्दछु’ डा. गौतमले भने ।

उनले आफ्नो इन्टेन्सन  व्यवसायीक परिषद्मा दर्ता भएर प्राक्टिस गर्नेका विरुद्धमा नरहेको समेत स्पष्ट पारे ।

उनले थपे ‘परिषद्मा दर्ता नभई उपचारमा संलग्न हुने र औषधि पत्ता लागेको भ्रामक समाचार दिने र हामीले गरिरहेका कामलाई विनाआधार चुनौती दिने व्यत्तिविरुद्धमात्रै त्यो केन्द्रीत थियो’

डा. गौतमले लक्षित गरेको भनेर स्पष्टीकरण दिनुअघि आयुर्वेदका नाममा भ्रम फैलाएको भन्दै आयुर्वेद चिकित्सक संघले समेत विज्ञाप्तिमार्फत् कारवाहीको माग गरेको छ

 

 

यस्तो थियो आयुर्वेद स्वास्थ्यकर्मी समाजको विज्ञप्ति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय