भरतपुर अस्पतालका मेसुले जिते कोरोना, सहकर्मीको स्वागत र बधाई

भरतपुर अस्पतलाका मेडिकल मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी २० दिनको आइसोलेसनपछि संक्रमण मुक्त भएर काममा फर्केका छन् । शुक्रबार गरिएको पछिल्लो परिक्षण रिपोर्टसमेत नेगेटिभ देखिएपछि डा. तिवारी नियमित काममा फर्केका छन् ।

आइसोलेसनबाहिर निस्किँदा डा. तिवारीलाई अस्पतालका प्रशासनका कर्मचारी, कोभिड टिमका चिकित्सक सहकर्मी, नर्सिङ निर्देशकलगायतले स्वागत गरेका थिए ।

सहकर्मीको न्यानो स्वागतपछि डा. तिवारीले २० दिनको आइसोलेसनपछि संक्रमणमुक्त भएर बाहिर निस्किन पाउँदा खुसी लागेको बताए । उनले सुरुका छ दिनसम्म आफूलाई ज्वारोलगायतका लक्षणसमेत देखिएको जानकारी दिए ।

‘खान मन नलाग्ने, जिऊ दुख्ने स्वाद थाहा नहुने, गन्ध थाहा नपाउने खोकी लाग्ने लक्षण देखिए’ डा. तिवारीले सहकर्मीमाझ भने ।

उनले धेरै व्यक्तिले स्वास्थ्य लाभको कामना गरेको भन्दै सबैलाई धन्यवाद दिए ।

लक्षण हटेपछि सहज भएको र खोकी लामो समयसम्म लागेको र एन्टिवायोटिक्स र साधारण औषधि लिएको जानकारी दिए । अहिले अस्पतालका ३० जना स्वास्थ्यकर्मी संक्रमण भइसकेको जानकारीसमेत तिवरीले दिए । ‘सुरक्षाका उपाय

अपनाउँदा अपनाउँदै पनि संक्रमण हुने जोखिम देखिएको छ’ डा. तिवारीले भने, ‘सबै सावधानी अपनाएर सेवा दिइरहेकै छौ’
उनले कोभिड र ननकोभिड रुमहरु छुट्याएको बताए ।

मन्त्रालयबाट थप तीन वटा भेन्टिलेटर आएको भन्दै अस्पतालको क्षमता बढाउँने काम भइरहेको र लक्षण नभएका बिरामीलाई भने सम्बन्धित नगरपालिकाकै आइसोलेसनमा व्यवस्था गरिने जानकारी दिए ।

उनले संक्रमण भएको अवस्थामा मनोवल उच्च राख्नुपर्ने भन्दै सबैको सहयोग चाहिन्छ । उनले स्वास्थ्यकर्मीलाई निरुत्शाहिन गर्ने काम नगर्न समुदायसँग अनुरोधसमेत गरे। स्वास्थ्यकर्मीलाई हतोत्शाही नगर्नसमेत आग्रह गरे ।

‘सरकारी अस्पतालले मात्रै कोभिड धान्न सक्दैन्, सरकारी गैरसकारी निजी सबै क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी मिलेर मात्रै यो समस्या पार लगाउन सकिन्छ ’ तिवारीले भने ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय