कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, संख्या २७१

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र १० जना पुरुषको मृत्यु भएको बताए।

शुक्रबार काठमाडौं उपत्यकाका ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, र २२ वर्षीया महिला र चितवनकको ३५ वर्षीया महिला रहेकी छिन्।

सप्तरीका ५५ वर्षका २ पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीको ३७ वर्षीय पुरुषको मृत्यु भएको डा. गौतमले बताए।

त्यसैगरी,प्युठानको ५८ वर्षीय, रुपन्देहीको ७८ वर्षीय, पाल्पाको ६३ र सुर्खेतको ४२ वर्षका पुरुषको मृत्यु भएको हो।

आज थपिएका सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

शुक्रबार देशभर १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमित संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय