देशभर थप १ हजार ३५९ जनामा कोरोना, उपत्यकामा ४५४

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४४ हजार २ सय ३६ पुगेको बताए।

आज थपिएको संक्रमित संख्या आजसम्मको उच्च हो।

त्यसैगरी, काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार देशभर १८ हजार ४ सय ४ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ३ सय ५७ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २५ हजार ५ सय ६३ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५६ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय