बुटवलमा कोरोना संक्रमितको मृत्यु

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी गराएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु शुक्रबार भएको अस्पतालले जनाएको छ ।

भाद्र ४ गते उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भर्ना भएर आई.सि.यु.मा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

उनको भाद्र १५ गते स्वाब संकलन गरि परिक्षण गर्दा भाद्र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी, आज बिहान मात्रै बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय