बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या १२ पुग्यो

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

यससँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र मातहत रहेको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

त्यसमध्ये अस्पतालको फिबर क्लिनिक (लुम्विनी प्रादेशिक अस्पताल) को आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय