सरकार! डाक्टरले मात्रै स्वास्थ्य सेवा चल्दैन भन्ने कहिले बुझ्ने?

खुमराज शर्मा
प्रकाशित
२०७७ भदौ १९ गते ११:११

स्वास्थ्य सेवामा सुधारको सोचअनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि गठित समितिले तयार पारेको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधि चर्चामा छ।

त्यसमा स्वास्थ्यकर्मीका लागि ४० प्रतिशत मात्रै र अन्य चिकित्सकका लागि योग्यता र अनुभवका आधारमा ३५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

विशेषगरी सरकारी सेवामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको मनोबल वृद्धिका लागि भनिएको कार्यक्रमले डाक्टरबाहेकका स्वास्थ्यकर्मीलाई सेवामा सरिक हुन नै निरुत्साहित गर्ने अवस्था देखिएको छ।

विशेषगरी स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका रहने स्वास्थ्यकर्मीको ठूलो हिस्सालाई अन्याय गर्ने यो कार्यविधिले समग्र स्वास्थ्यकर्मीलाई सोच्न बाध्य बनाएको छ।

यद्यपि स्वास्थ्य मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थमा पठाएको कार्यविधिका कतिपय सर्तमा अर्थ मन्त्रालय सहमत देखिएको छैन।

यो कार्यविधिलाई अर्थले जस्ताको तस्तै पारित गरोस् भन्ने चाहना चिकित्सकहरूमा हुनसक्छ।

अहिले अर्थले प्रस्तावित कार्यविधिमा प्रश्न उठाउनुपछाडि अर्थका अधिकारीका परिवारकै सदस्य पनि पेसागत हिसाबले डाक्टर नभएर अन्य हेल्थ विषयमा विज्ञता हासिल गरेका समेत हुनसक्छन्।

जसले गर्दा उनीहरूले स्वास्थ्यकर्मीमाथि चरम विभेद गरिएको कार्यविधि यथास्थितिमा पारित गर्न मानिरहेका छैनन्।

के सबै जिम्मेवारी वा नीति नामका अगाडि डाक्टर थपिएका बनाइदिने र त्यसलाई हुबहु मानेर हिँड्ने मात्रै हाम्रो काम हो? यही हो समानता?

स्वास्थ्यका नीति निर्माण तहमा चिकित्सकहरूको उपस्थिति र पकड भएका आधारमा चिकित्सक केन्द्रित नीति बनेको यो पहिलोपल्ट होइन।

कम्तीमा अन्य क्षेत्रका विज्ञ भएका मन्त्रालयहरूले विषयवस्तुलाई फरक कोणबाट समेत विश्लेषण गरिएकाले नै स्वास्थ्यले पठाएको डाक्टर केन्द्रित प्रस्तावमा पुनर्विचार हुने आशाको झिल्को देखिएको छ।

कानुनमा स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको छ। यो विषय नीति निर्माण तहमा बस्नेहरूले बुझेकै हुनुपर्छ र होलान् भन्ने आशा राख्न सकिन्छ।
तर, स्वास्थ्य क्षेत्रका नीति निर्माणको व्यवहार हेर्दा यो विषय फेरि सम्झाउनुपर्ने अवस्था आएको महसुस हुन्छ। प्रस्तावित कार्यविधि बनाउने डाक्टरहरूको सोच र व्यवहार हेर्दा स्वास्थ्य सेवा केवल चिकित्सकको मात्रै भरमा चलेको छ भन्ने घमण्ड र भ्रम प्रचुर मात्रामा रहेको बुझ्न गाह्रो हुन्न।

स्वास्थ्य सेवा प्रवाहको सन्दर्भमा चिकित्सक मात्रै नभएर अन्य विभिन्न विधाका स्वास्थ्यकर्मी वा सेवा प्रदायकको भिन्न तर परिपूरक भूमिका हुन्छ।

अगाडि डा. लेखेको भरमा वा चिकित्सकको प्रमाणपत्र हुने जनशक्ति मात्रै मूल्यवान र अन्य संस्थाबाट पढेका वा तालिम लिएका स्वस्थ्यकर्मीका प्रमाणपत्र मूल्यहीन भन्ने सोच अहिलेको प्रमुख समस्या हो। जुन सोच एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा बाधक बनेको छ।

अहिले स्वास्थ्य अधिकारीहरू प्रस्तावित कार्यविधि समानतामा आधारित भएको दाबी गरिरहेका छन्।

चिकित्सक केन्द्रित विभेदकारी ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रमले डाक्टर स्वास्थ्यकर्मी सबैमा समानता गरेको छ भनेर हामीले पत्याइदिनुपर्ने?

के सबै जिम्मेवारी वा नीति नामका अगाडि डाक्टर थपिएका बनाइदिने र त्यसलाई हुबहु मानेर हिँड्ने मात्रै हाम्रो काम हो? यही हो समानता?

नेपालको स्वास्थ्य संरचनामा पूरै डाक्टरमात्रै छैनन्। अर्थात सिंगो स्वास्थ्य सेवा डाक्टरले मात्रै चलाएका होइनन्।

स्वास्थ्य चौकीदेखि प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला, अञ्चल, क्षेत्रीय वा केन्द्रीय अस्पतालसम्म मजस्ता प्रयोगशालाकर्मीसहित थुपै विधाका जनशक्ति छन्।

कुनै पनि एउटा बिरामी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण वा उपचारका लागि पुग्दा एउटा चिकित्सकले लक्षणलगायतका सामान्य कुरा सोध्छन् र तुरुन्त अतिरित्त जाँचका लागि सिफारिस गर्छन्।

उदाहरण
डाक्टर : के भएर आउनुभयो?
बिरामी : २–३ हप्तादेखि खोकी लागेको छ। साँझपख हल्का ज्वरो पनि आउँछ। १० दिनपछि त खकारमा रगत देखिएको छ। राम्रोसँग खान मन लाग्दैन, तौल पनि घट्दै गएको छ।
डाक्टरले दिने सल्लाह

TC DC HB ESR

RBS

blood Urea, Sr. creatinine

Sputum for AFB X 3 times

ECG

USG Abdomein with pelvis

Urine R/M/E

 

RX

  • Tab – paracetamol 500mg

1 tab TDS -3days

  • Cap Amoxycillin 500 mg

1 cap TDS- 5days

  • Tab Vitamin B-complex

1 tab OD खानापछि खाने।

चिकित्सकको सिफारिस पत्र बोकेर फर्किने बिरामी प्रगोगशालामा चिकित्सकले भने बमोजिम जाँच गराउँछन्। तीन पटकसम्म प्रगोगशालामा खकार जाँच गराइसकेपछि प्रयोगशालाबाट खकारको नतिजा बिरामीलाई प्रदान गरिन्छ।

जसको परीक्षण रिपोर्ट यस्तो हुन्छ।
परिक्षणको नामः नतिजाः

sputum for AFB (A) = 3+

sputum for AFB (B) = 3+

sputum for AFB (C) = 3+

ल्याबअसिस्टेन्ट, ल्याब टेक्निसियन, मेडिकल ल्याब टेक्नोलोजिस्टले दिएको खकारको नतिजा र बाँकी परीक्षणको नतिजा लिएर चिकित्सककहाँ पुग्छन्। अनि चिकित्सक नतिजा हेर्नुहुन्छ।
त्यही परीक्षण रिपोर्टका आधारमा चिकित्सकले सगर्व बिरामीलाई भन्नुहुन्छ।

ओहो, तपाईलाई टिबी भएछ नि! सबै लक्षण क्षयरोगका हुन् भन्ने थाहा पाएर पनि चिकित्सकले सुरुमै तपाईलाई क्षयरोग भएको हो भनेर ठोकुवा गर्न सक्नुहुन्न।

बल्ल डाक्टर’सापले बिरामीको कथा र प्राप्त नतिजासँगै वर्गीकरण गर्नुहुन्छ र कुन प्रकारको क्षयरोग हो, कति समय औषधी खानुपर्छ भनेर यकिन गर्नुहुन्छ।

यतिबेला स्वास्थ्यकर्मीको सरकार वा स्वास्थ्य मन्त्रालयलाई मजस्तै स्वास्थ्यकर्मीको प्रश्न रहन्छ। सरकार! डाक्टरले मात्रै स्वास्थ्य सेवा चल्दैन भन्ने कहिले बुझ्ने?

परीक्षण रिपोर्टका आधारमा यकिन भएसँग चिकित्सकले बाहिर गएर भन्नुहुन्छ मैले अस्ती नै आँकलन गरेको थिएँ। उहाँहरू भुल्नुहुन्छ, उहाँले त्यो बिरामीको रोग यकिन गर्ने आधार कुनै प्रयोगशालाकर्मीले नै बनाइदिएको हो।

मैले प्रयोगशालाकर्मी भएको नाताले मात्रै प्रयोगशालाका उदाहरण दिएको हुँ। नर्स, स्वास्थ्यकर्मी वा अन्य विधाका स्वास्थ्य प्राविधिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ।
यतिबेला स्वास्थ्यकर्मीको सरकार वा स्वास्थ्य मन्त्रालयलाई मजस्तै स्वास्थ्यकर्मीको प्रश्न रहन्छ। सरकार! डाक्टरले मात्रै स्वास्थ्य सेवा चल्दैन भन्ने कहिले बुझ्ने?

स्वास्थ्य सेवाका डाक्टरको भरमा मात्रै टिकेको हैन र छैन। आदरणीय चिकित्सक महोदय, तपाईंहरूको यही आँकलनले गर्दा तपाईंहरू र अन्य स्वास्थ्यकर्मीबीच विभेद ल्याउनुभयो।

विश्वमा रोबोटबाट उपचार गर्ने अवस्थामा आइपुगेको छ। चिकित्सकमात्रै सबै हो भन्ने सोचले प्रेरित विभेदकारी नियमन कायमै रहेमा भोलि रोबोटले बिरामी जाँच र शल्यक्रिया गर्नुपर्ने दिन आँउदा तपाईंकाे अवस्था र भूमिका के  होला?

सोच्नुहोस् भोलि त्यो दिन नआओस् अन्य स्वास्थ्यकर्मीले रोबोटले बिरामी जाँचेर भर्ना गरे पुग्ने दिन आएमा चिकित्सकको के काम होला?

चिकित्सक दिनभर घाम तापेर बस्ने अनि राति सिल्पिङ ट्याबलेट खाएर निदाउनुपर्ने? समय बलवान छ, स्वास्थ्य सेवा प्रवाहमा सबै विधामा महत्त्व बुझौं र विभेद बन्द गरौं।

ल्याब टेक्निसियन, वीर अस्पताल

 

5 thoughts on “सरकार! डाक्टरले मात्रै स्वास्थ्य सेवा चल्दैन भन्ने कहिले बुझ्ने?

  1. मित्र मा डाक्टर हुन नसक्नुभएको पीडा राम्रै रैछ जस्तो छ।
    खराबी त आफ्नो सोच मा छ , आफू जे हो त्यसमा गर्व गर्न सिक्नुस्, न को आफूलाई डाक्टर सँग तुलना गर्नुस्, तपाईं को काम र उनीहरूको काम फरक छ, तपाईं आफ्नो काम मा रमाउनुस न , कुण्ठा डाक्टर माथी पोख्नु कतिको जायज हो?
    नाम अगाडि डाक्टर लेखाउनु को त्यति डाह लाग्छ भने जानुस् +२ गर्नुस् नाम निकाल्नुस् ६ वर्ष पढ्नुस् पास हुनुहोस।

  2. Yo TB waala example shows that how much paramedics people think themselves as a lord of everything….. I guess…. They are part of team to treat people……and jaha smma doctor ko sewa subidha ko kuraa xa….padhnaa laai sarkaari level mai 50-60 lakh tirna laaune 6-7 yrs laagne….ani what do they get paramedicsand badhi salary?? Eti ko laagi sab waste garne ani khai ta security….jaagir kai laagi ta mbbs baahek j padhda ni sajilo hune vayo nii Paisa kamaauna….. And yet people thinks Dr le sewa subidha paauna hudaina !!!

  3. होइन कुन देशमा रोबोट ले उपचार गर्छ। मङ्गल ग्रह्य मा हो कि। robotic surgery पनि doctor ले नै operate garera गर्छ । त्यत्ति सजिलो भए doctor लाई कुनै software ले replace गरि sakthiyo।

  4. 60 plus 60 lakh tirera doctor bannu parne system le mass competition hudaina kina bhane Dalal bhrasta karmachari ra top level business man le padauna sakne bhayera hola doctor haru education Lai business sanga tulana garne.bhanchhan 60 lakh lagchha tei bhayera salary tei anusar hunuparchha banking system ho ra ?kunai Pani education hos govt ko taha anusar sabai ko talab badnu parchha but I respect few good doctors.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय