वीरमाथि स्वास्थ्य मन्त्रीकै वक्रदृष्टि! महामारीमा सुरक्षा सामग्री न जोखिम भत्ता

कोरोना संक्रमितको संख्या बृद्धिसँगै लक्षण देखिएका संक्रमितको आइसोलेसन तथा उपचार व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ ।

उपचारको बलियो भरोसा खोजिभइरहेको समयमा स्वास्थ्य मन्त्रालय भने, कोभिड वा ननकोभिड बिरामीमा उपचारमा वीरलाई विकल्प नै ठानिरहेको छैन् ।

सरकारको सबैभन्दा पुरानो र ठूलो अस्पताल प्रणाली नै यतिबेला कोरोनाले थलिएको छ । अस्पतालका चिकित्सक तथा निर्देशकसमेत मन्त्रालयले सबैभन्दा ठूलो अस्पताललाई नै वेवास्ता गरेको गुनासो गरिरहेका छन् ।

महामारीको ७ महिनावितिसकेपछि बल्ल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग छलफल गर्ने समय निकाले ।

सो छलफलमा अस्पतालका पदाधिकारीले अस्पतालसँग भएका संभावना र क्षमताबारे थुपै विकल्प दिएपनि मन्त्री ढकालले खासै चासो नदिएको गुनासो पदाधिकारीहको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार यतिबेला न्याम्स र अस्पताल दुबै ठाउँमा मन्त्री अनुकूलको नेतृत्व नभएकै कारण मन्त्रालयको वीरप्रति बक्रदृष्टि रहनुको कारण हो ।

अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सक भने, वीरको वास्तविकता भन्दा धेरै टाढा रहेका उपकूलपति हुनु र व्यवस्थापनमा निर्देशकले समेत दर्बिलोगरी काम गर्न नसक्दा महामारीमा वीरको बेहाल भएको बताउँछन् ।

महामारीका समयमा मुलुककै स्वास्थ्य सेवाका भरोसा बन्नुपर्ने वीर यतिबेला आफ्नै परिवारका सदस्य चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित हुँदासमेत उपचार भरोसा बन्न सकेको छैन् ।

हालसम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ७३ भन्दा बढी संक्रमित भइसकेका छन् ।

दिन–रात बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीले आजसम्म पनि जोखिम भत्ता पाएका छैनन्।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सरकारले वीरलाई नै प्रर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन नसकेको गुनासो गरे ।

यति ठूलो महामारीमा १३ अर्वभन्दा बढी खर्चिसकेको सरकारले मुलुकै प्रमुख अस्पतालकै लागि प्रयाप्त सामग्री र भत्ता पुर्याउन नसक्नु लाजमर्दो विषय भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

महामारीका समयमा मुलुककै स्वास्थ्य सेवाका भरोसा बन्नुपर्ने वीर यतिबेला आफ्नै परिवारका सदस्य चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित हुँदासमेत उपचार भरोसा बन्न सकेको छैन् ।

वीरमै छैन् प्रयाप्त सुरक्षा सामग्री
सरकारले स्वास्थ्यकर्मी र चिकित्सकका लागि सुरक्षा सामग्री प्रयाप्त उपलब्ध गराएको दावी गरिरहेपनि वीरमै व्यक्तिगत सुरक्षा सामग्री हाहाकार छ । सामन्य स्वास्थ्यकर्मी मास्क, ग्लोब्ससमेत नपाएको गुनासो गरिरहेका छन् ।

‘नन कोभिड अस्पताल भएको हुँदा स्वास्थ्य सेवा विभागले ल्याब कर्मचारी तथा फिवर क्लिनिकका लागि मात्रै सामग्री उपलब्ध गराउदैं आएको थियो, डा. सेञ्चुरी भने, ‘तर, अहिले जताजतै संक्रमित बढिरहेको अवस्थामा अन्य वार्डमा पनि देखिन थालेको छ, त्यसैले सरकारले दिएको सामग्री सबै स्वास्थ्यकर्मीलाई पुर्याउन सकिएन।’

स्वास्थ्य सामग्री उपलब्ध गराउनको लागि टेण्डर भएपनि आपूर्ति हुन नसकको अस्पताल प्रशासनले जनाएको छ।

‘बजारमा अहिले सामग्रीको महंगो हुँदै गयो। टेन्डरको दर एउटा रहेको छ, बजार मूल्य अर्को, डा. सेञ्चुरी भने, ‘सप्लायर्सले बजारमा सामग्री उपलब्ध नभएको कारण देखाउँदै समान दिएको छैन।’

आपूर्तिमा समस्या भएको कारण स्वास्थ्यकर्मीलाई प्रर्याप्त मात्रामा सामग्री उपलब्ध गराउन नसकिएको डा. सेञ्चुरीको भनाई छ।

सबै स्वास्थ्यकर्मीलाई ‘एन९५’ मास्क दिनका लागि बजेट नभएको डा. सेञ्चुरीले बताए ।

प्रयाप्त सुरक्षा सामग्रीकै अभावमा अस्पतालका विभिन्न वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीको कोरोना संक्रमण पुष्टि भएको छ।

तर, स्वास्थ्यकर्मीलाई मापदण्डअनुसार रहेर नै सुरक्षा समाग्री दिएको उनको दावी रहेको छ।

जोखिम भत्ताबाटै सुरक्षा समाग्री
अस्पताल प्रशासनले बजेट अभाव भएका कारण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको जोखिम भत्ता अस्पतालले सुरक्षा समाग्रीको किन्नमा प्रयोग गरेको जनाएको छ ।

डा. सेञ्चुरीका अनुसार मन्त्रालयले न्युन रकम उपलब्ध गराएको हुनाले वितरणमा समस्या भएको भन्दै सुरक्षा समाग्रीमा खरिद गर्न प्रयोग भएको बताए।

‘५ महिनाको जोखिम भत्ता ४ करोड हिसाब आयो, तर मन्त्रालयले ८० लाख उपलब्ध गरायो, डा. सेञ्चुरी भन्छन्, ‘मैले के आधारले स्वास्थ्यकर्मीलाई रकम वितरण गरौं ?।’

उनले पहिला त स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि सामग्री दिएको र विस्तारै भत्ताको व्यवस्था गर्ने आशा व्याक्त गरे ।

‘५ महिनाको जोखिम भत्ता ४ करोड हिसाब आयो, तर मन्त्रालयले ८० लाख उपलब्ध गरायो, डा. सेञ्चुरी भन्छन्, ‘मैले के आधारले स्वास्थ्यकर्मीलाई रकम वितरण गरौं ?।’

आफ्नै स्वास्थ्यकर्मीलाई बेड छैन्
अस्पतालको कम्जोर व्यवस्थापनका कारण अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित हुँदासमेत आइसोलेसन बेडको व्यवस्था गर्न नसक्दा उनीहरु अन्य अस्पताल, होटल र होस्टलमा बस्न बाध्य भएका छन् ।

अस्पतालमा दुई हप्ताको बीचमा ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालले प्रर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन नसक्दा वा संक्रमित र अन्य बिरामीको उचित व्यवस्थापन नहुँदा संक्रमण फैलिएको आरोप स्वास्थ्यकर्मीका संगठनहरुको छ ।

अस्पताल प्रशासनले संक्रमण फैलिएको भन्दै शुक्रबारसम्मको लागि ओपिडी सेवा समेत बन्द गरेको छ।

अस्पताल प्रशासनका अनुसार हालसम्म १२ चिकित्सक, १३ नर्स सहित ७३ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भइसकेको छ।

हाल अस्पतालमा स्वास्थ्यकर्मी र अन्य संक्रमित गरेर ६५ जनाको उपचार अस्पतालमा बेड अभावको कारणले संक्रमित स्वास्थ्यकर्मीलाई होस्टलमा राख्न बाध्य भएको डा. सेञ्चुरीले बताए।

एकै भवनमा कोभिड र नन कोभिड बिरामीलाई राखेर उपचार गरिएको हुनाले संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको डा. सेञ्चुरीले बताए।

‘शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्ने गरेका छौ, त्यही भएका बिरामी कोही पोजेटिभ थिए होला काँही नेगेटिभ’ डा. सेञ्चुरी भन्छन्, ‘ रिर्पोट नआउँदासम्म सँगै बसे यहीँबाट संक्रमण फैलिन मद्दत पुग्यो।’
बाथरुम सियर गर्ने, एकै कोठामा बस्ने हुँदा संक्रमण सर्र्ने सम्भावना रहेको उनको भनाई छ।

आइसोलेसन क्याबिन ५ वटा रहेको र त्यो भन्दा बढी बिरामी राख्न सक्ने अवस्था नरहेको अस्पताल प्रशासनको भनाई छ । डा. सेन्चुरीले अस्पतालको संरचना नै कोभिड बिरामीलाई राख्ने खालको नभएको हुँदा व्यवस्थापन गर्न नसकिने बताए ।

वीर अब कोभिड अस्पताल!
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालाई कोभिड अस्पातल बनाउने तयारी मन्त्रालयको छ ।

अस्पतालका अन्य रोगका उपचार गराई रहेका बिरामीलाई ट्रमा सेन्टरमा सारेर कोभिड बिरामीलाई अस्पतालमा उपचार गर्ने तयारीको व्यवस्थापन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

कोभिड र नन कोभिड बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा संक्रमण जोखिम बढ्दै गएको र छुट्टै राखेर उपचार गर्ने तयारी रहेको डा. सेञ्चुरीले जानकारी दिए ।

‘सुरु देखि नै कोभिडका लागि पूर्वाधार निर्माण भएन् केही पार्टेसनको तयारी भएपछि कोभिडका बिरामीलाई लिन थाल्छौ’ डा. सेञ्चुरीले भने,‘ अहिलेको अवस्थामा हामीले ३ सय संक्रमितलाई सेवा दिनेगरी तयारीमा छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय