थप ६ जना कोरोना संक्रमितको मृत्यु, संख्या २५७

पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र २ जना पुरुषको मृत्यु भएको बताए।

उनका अनुसार चितवनको ४० वर्षीया महिला भक्तपुरको ४० वर्षीया महिला, तनँहुको ९२ वर्षीया र रुपदेन्हीको ७७ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यसैगरी, सिन्धुपाल्चोकको ७५ वर्षीय र रुपदेन्हीको ६५ वर्षीय पुरुष रहेको छन्। आज थपिए सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २५७ पुगेको छ।
बिहिबार देशभर १ हजार २ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै देशभर कोरोना संक्रमित हुने संख्या ४२ हजार ८ सय ७७ पुगेको डा. गौतमले बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा मात्रै ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय