देशभर थप १ हजार २२८ जनामा कोरोना, उपत्यकामा ४४५

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४२ हजार ८ सय ७७ पुगेको बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। बिहिबार देशभर १८ हजार ४ सय १३ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन्।

डा. गौतमका अनुसार आज ६ हजार ७ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा ९ सय १७ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २४ हजार २ सय ७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५६ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय