चिकित्सकलाई क्वारेन्टाइन र आइसोलेसनका लागि होटलहरुले कोठा दिने

भदौं १८- कोरोना उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी र तीनका परिवारलाई समेत आइसोलेसन वा क्वारेन्टाइनका लागि अवश्यक पर्दा होटलहरुले कोठा उपलब्ध गराउने भएका छन् ।
नेपाल होटल व्यवसायी महासंघ र नेपाल चिकित्सक संघबीच उपचारमा खटिने चिकित्सकको सुविधाका लागि यस्तो सहमति भएको हो ।

नेपाल चिकित्सक संघका नेतृत्वले विशेष पहलमा विभिन्न चरणका छलफलपछि महासंघले फ्रन्टलाइनसको सहजताका लागि यस्तो सेवा दिन तत्परता देखाएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।
विहीबार संघका अध्यक्ष डा. कार्की र महासंघका अध्यक्ष हिराध्वज शाहले सम्झौतामा हस्ताक्षर गरे ।

चार बुँदे सम्झौताको पहिलो बुदामा आइसोलेसन वा क्वारेन्टाइन वापत पाउने भुत्तानी होटलले पाउँनेगरी संघ र होटल महासंघका प्रतिनिधिको समन्वयमा होटल उपलब्ध गराउने उल्लेख छ ।

त्यसको समन्वयका लागि संघ र महासंघका महासचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यसअघि संघ र निजी अस्पतालहरुको संस्था अफिनबीच पनि संक्रमण भएका चिकित्सकलाई उपचारका लागि निजी अस्पतालहरुले प्रथामिकता र सहजिकरण गर्ने सहमति भएको थियो ।

One thought on “चिकित्सकलाई क्वारेन्टाइन र आइसोलेसनका लागि होटलहरुले कोठा दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय