प्रदेश ५ सरकारले ५८३ स्वास्थ्य जनशक्ति थप्दै, कुन पदमा कति?

प्रदेश ५ सरकारले आइसोलेसन अस्पतालका लागि जनशक्ति र बजेट स्वीकृत गरेको छ। बिहीबार बसेको प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने प्रदेश सरकारले जनाएको छ । ति जनशक्ति तीन महिनाको लागि रहनेछन् ।

प्रदेश सरकार, मन्त्रिपरिषदको आज मिति २०७७ भदौ १८ गते बसेको बैठकले गरेका निर्णय जस्ताको तस्तै

१. आइसोलेसन अस्पतालहरुको जनशक्ति र बजेट स्वीकृत गरेको छ ।

जसअनुसार ५ सय ८३ जना जनशक्ति र जनशक्तिका लागि आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयाँ निकासा गर्ने निर्णय गरेको छ । यो तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने छन् ।

चार वटा कोरोना विशेष अस्पतालमा बेड र जनशक्तिको व्यवस्थापन
१. लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना आइसियु १८, एचडि बेड २०, आइसोलेन वेड ३६ गरी कुल ७४ रहने त्यसका लागि १ सय ८९ जना जनशक्ति राख्ने ।

२. भीम अस्पताल भैरहवा आइसियु ५, एचडि बेड १३, आइसोलेसन ९ गरी २७ रहने त्यसका लागि ७१ जना जनशक्ति राख्ने ।

३.केन्द्रीय आर्युवेद बेलझुण्डीमा आइसियु १०, एचडि बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने त्यसका लागि १ सय ७१ जनशक्ति राख्ने ।

४.भेरी अस्पताल बाँकेमा आइसियु १०, एचडि बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र त्यसका लागि १ सय ५२ जना जनशक्ति राख्ने ।

रकम निकासा

१. लुम्बिनी प्रादेशिक बुटवल— १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँके १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय ।

२. प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । जसमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवा तर्फका ७२ जना रहेका छन् ।

इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५,सिंचाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना ।

स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना

३. प्रदेश नम्बर ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

४. भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने ।

५. विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

६.प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय