वीरलाई कोभिड अस्पताल बनाइने, हाल ३ सय संक्रमित राख्न सकिने

सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पतालाई कोभिड अस्पातल बनाउने भएको छ।

अस्पतालका अन्य रोगका उपचार गराई रहेका बिरामीलाई ट्रमा सेन्टरमा सारी कोभिड बिरामीलाई अस्पतालमा उपचार गर्ने तयारीको व्यवस्थापन भइरहेको निर्देशक डा. केदार सेञ्चुरीले बताए।

कोभिड र नन कोभिड बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा संक्रमण जोखिम बढ्दै गएको र छुट्टै राखेर उपचार गर्ने तयारी रहेको डा. सेञ्चुरी बताउँछन्।

‘सुरु देखि नै कोभिडका लागि पूर्वाधार निमार्ण भएन। केही पार्टेसनको तयारी भएपछि कोभिडका बिरामीलाई लिन थाल्छौ, डा. सेञ्चुरीले भने,‘ अहिलेको अवस्थामा हामीले ३ सय बिरामीलाई सेवा दिन सक्छौ।’

हाल अस्पतालमा ६५ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा कार्यरत रहेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर ७३ जनामा संक्रमण पुष्टि भइसकेको डा. सेञ्चुरीले बताए।

अस्पतालमा बेड अभाव भएर कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई होटलको क्वारेटाइनमा समेत राखिएको छ।

स्वास्थ्यकर्मी संक्रमण बढ्दै गएपछि अस्पतालमा जनशक्तिको अभाव हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय