अफिन र एनएमएबीच सम्झौता, चिकित्सकको उपचार र महामारीविरुद्ध लड्न सहकार्य गर्ने

कोरोना संक्रमित भएका चिकित्सकका लागि एशोसिएन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले बेड, आइसियू तथा भेन्टिलेटर बेडहरु उपलब्ध गराउने भएको छ।

बुधबार अफिन तथा नेपाल चिकित्सक संघले सयुक्त परामर्शदाता कमिटी गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाको निमार्ण गरी कार्यान्वयन गर्न दुई पक्षीय सम्झौता गरेको हो।

संम्झौतामा अफिनका अध्यक्ष एवं नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका थिए ।

दुवै पक्षको सहकार्यमा कोभिड १९ संक्रमणबाट जोगिनको लागि अस्पतालमा भिडभाड कम गर्न ओपिडी, भिजिटर, हेल्थ कियर सेवा सम्बन्धी प्रोटोकल तथा गाइडलाइन गर्ने सम्मको निर्णय भएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।

त्यसैगरी, विरगंजमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको तलव भत्ताको विषयलाई उठान गरी उपचार प्रक्रियामा सहभागी नगरेको प्रति दुवै पक्षले गम्भीर रुपमा लिएको जनाएको छ।

महामारीमा खटिएका स्वास्थ्यकर्मीको समस्या छिट्टो हल हुनुपर्ने र अफिन तथा संघले आवश्यक सहजीकरण गर्ने समेत सम्झौता भएको छ।

सम्झौतापछि अफिनले विज्ञाप्ति जारी गरेर दुबै संस्थाबीच ज्वाइन्ट कन्सल्टिभ कमिटी गठनगरेर अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माणगरी कार्यन्वयन गर्नेगरी दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरिएको भएको छ ।

अफिनका अनुसार महामारीको परिस्थितिमा कोभिड उपचारमा खटिदा संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यकता अनुसार अफिन सदस्य अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टिलेटरसहितका बेडहरु प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी दुबै पक्ष मिलेर संक्रमण जोगिनका लागि अस्पतालमा हुने भीडभाड कम गर्न ओपिडी, इन्डोर, भिजिटर, हेल्थकेयर वर्करसम्बन्धी प्रोटोकल तथा गाइडलाइन तयार गर्ने निर्णय भएको छ ।

दुई पक्षीय सम्झौताको तेस्रो बुँदामा वीरगंजमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले तलब भत्ताको विषय उठान गरी उपचार प्रक्रियामा सहभागी नभएको घटानाप्रति   ध्यानाकाषर्ण भएको र महामारीमा यस्ता समस्या तत्काल हल गर्न दुबै पक्षले तदारुकताका साथ काम गर्न सहमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय