भीम अस्पतालमा थप एक कारोना संक्रमितको मृत्यु

भैरहवाको भीम अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका- ६ सब्जिमन्डीका ५७ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा. सकुन्तला गुप्ताले जानकारी दिइन्। आइसियुमा उपचाररत उनले दिउँसो एक्कासी छाती दुख्यो भनेको र उपचारकै क्रममा मृत्यु भएको उनले बताइन्।

उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल लगिएको थियो।

भीम अस्पपतालमा बुधबार बिहान पनि नवलपरासी पश्चिम राग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो। त्यसैगरी आज नै कपिलवस्तुकी ६० वर्षिया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय