चिकित्सक संघले बिमामार्फत स्वास्थ्यकर्मी संक्रमित भएमा १ लाख दिने

नेपाल चिकित्सक संघले कोरोनाको बिमा कार्यक्रममा आफ्नो सदस्यलाई समावेश हुन आग्रह गरेको छ।

संघले एक बुधबार एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ जोखिम बीमा गराउन इच्छुक हुने सदस्यलाई केन्द्रीय कार्यलयमा आफ्नो विवरण सहित पेश गर्नको लागि अनुरोध गरेको छ।

शाखा कार्यलयहरुले आफ्नो मातहतमा रहेका सदस्यको नाम, नेपाल मेडिकल काउन्सिल नम्बर, फोन नम्बर, नागरिकता नम्बर १ हप्ताभित्र संघको केन्द्रीय कार्यलयमा पठाउनुपर्ने छ।

संघले जोखिम बीमाको शुल्क ३ सय रुपँया तोकेको छ। जुन अनलाइन बैकिङ वा इसेवा मार्फत पठाउनुपर्ने जनाएको छ।

जोखिम बिमा गरेको मितिले १५ दिनपछि पिसिआर रिर्पोट पोजेटिभ आएमा रिर्पोट सहित सम्बन्धित आइसोलेसन बसेको संस्थाको सिफारिस वा होम आइसोलेसनमा बसेका व्यक्तिको हकमा भने वडाको सिफारिस सहित बिमा क्लेम गरेपछि १ लाख रकम उपलब्ध हुने संघले जनाएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ६ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित र एक जनाको मृत्यु समेत भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय