उपत्यकामा ५ सहित थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो विवरण अनुसार नेपालामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालामा संक्रमितको मृत्तकको संख्या २ सय ५१ पुगेको छ।

बुधबार ८ जिल्लामा ६ महिला र ६ पुरुषको मृत्यु भएको छ। काठमाडौं उपत्याकामा मात्रै ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

डा. गौतमका अनुसार काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुष, भक्तपुरमा ४० पुरुष र ललितपुरमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।

चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, बारामा ९७, ४० र धादिङमा ४७ वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय