सोह्र श्राद्धमा भीडभाड नगर्नु, टेक्नोलोजीको प्रयोग गर्नु : स्वास्थ्य मन्त्रालय

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १७ गते १६:५३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेक्नोलोजीको प्रयोग गरी श्राद्ध गर्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना अपटेड मार्फत सकेसम्म टेक्नोलोजीको प्रयोग गरी श्राद्ध गर्न सर्वसाधारणलाई अनुरोध गरे।

कोरोना संक्रमण बढिरहेको अवस्थामा भौतिक रुपमा उपस्थित धार्मिक कार्य गर्नाले थप संक्रमणको जोखिम बढ्ने भन्दै डा. गौतमले टेक्नोलोजीलाई प्रयोग गर्नमा जोड दिएका हुन्।

‘अहिले सोह्र श्राद्धको बेला छ। सकेसम्म भीडभाड हुने काम गनुहोस्, डा. गौतमले भने, ‘ अहिलेको समयमा टेक्नोलोजीको प्रयोग उपयुक्त हुनेछ।’

भौतिक रुपमा उपस्थित हुर्र्नुपर्ने भएमा २ मिटरको दुरी कायम गर्ने, मास्क अनिवार्य रुपमा गर्ने डा. गौतमले अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय