देशभर थप १ हजार १२० जनामा कोरोना, उपत्यकामा ३८८

पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४१ हजार ६ सय ४९ पुगेको बताए।

त्यसैगरी काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार देशभर १८ हजार १ सय ८ संक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा १ हजार १ सय १२ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २३ हजार २ सय ९० पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५६ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय