छोरीलाई माइत राखेर महामारीमा खटिदै शर्मिला

कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मीहरू विभिन्न तरिकाले खटिरहेका छन् । कोरोना अस्पताल, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरूको कथा व्यथा फरक फरक छन् ।

आफ्नो र आफ्नो परिवारको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूमध्ये शर्मिला  शर्मा पनि एक हुन् । उनि रूपन्देहीको मायादेवी गाउँपालिकाको स्वास्थ्य शाखाकी नसिङ निरीक्षक पदमा रहेर पालिकाको कोरोना रोकथाममा दिनरात खटिइरहेकी छिन् ।

गाउँपालिकाको कोरोना बिरूद्दको अभियान प्रभावित नहोस भनेर उनले घरबाट छोरीलाई माइत पठाएकी थिइन । उनले भनिन्, गाउँपालिकाभित्र पहिलो कोरोना संक्रमित व्यक्ति देखिनासाथ तीन बर्षकी छोरीलाई माइत पठाएर काममा लागे ।

अहिले भने घरमा छुट्टै कोठा प्रयोग गरेर साबधानीका साथ कोरोना रोकथामको काममा लागिरहेको उनको भनाई छ । घरमा सानी छोरीका साथै जेठाजुको अर्को छोरी बिरामी भएकाले बढी सावधानी अपानाउनु परेको उनले बताइन ।

कोरोना बिरूद्दको अभियानमा पहिलो सर्तकता भनेको आफु, आफ्नो परिवार र काम गर्ने स्थान भएको हुँदा त्यसतर्फ सबैले ध्यान पुर्याउनुपर्ने शर्मिलाको सुझाव छ । मैले त्यसरी नै काम गरिरहेको छु उनले भनिन् व्यक्तिमा सचेतना र सावधानी नहुने हो भने कोरोनालाई जित्न सकिदैन ।

कोरोना बिरूद्दको अभियानमा सरकार मात्रै नभएर व्यक्ति पनि उत्तिकै सचेत र सावधानी भएर लाग्नुपर्ने उनले बताइन । कोरोना कसरी सर्छ भन्ने बिषयमा लगभग धेरैलाई जानकारी छ जस्तो लाग्छ शर्मिलाले भनिन्, तर व्यवहारमा भने हामीमा सावधानी देखिएका छैन।

मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने, अनावश्यक काममा घरबाट बाहिर ननिस्कने, साबुन पानीले हात धुने, आफ्नो प्रत्येक क्रियाकलापमा सावधानी अपनाउने गरेमा कोरोनाबाट बच्न सकिने उनको बुझाई छ ।

१५ बर्षअघि म्याग्दीको पाखापानी गाविसमा रहेको पाखापानी स्वास्थ्य चौकीबाट जागिर शुरू गरेकी शर्मिला एक बर्षदेखि मायादेवी गाउँपालिकामा कार्यरत छिन् ।

त्यतिबेला दुबै पक्षबाट कसरी बच्ने भन्ने डर हुन्थ्यो अहिले कोरोनाबाट बच्ने डर छ शर्मिलाले भनिन्, कोरोना महामारीको सबैठाउँमा त्रास ल्याएको छ ।

जागिरे जीवनमा द्धन्द्ध काल र कोरोनाको महामारी गरी दुई वटा जटिल अवस्था आएको बताइन ।

८ घण्टा हिडेर पुग्ने दुर्गममा द्धन्द्धकालमा काम गर्दा सरकार र विद्रोही पक्षको चेपुवामा परेको अनुभव उनिसँग छ ।

नयाँ मान्छे देख्दा शंकाको दृष्टिले हेर्ने, स्वास्थ्य चौकीबाट बिद्रोही पक्षले औषधी माग्ने र औषधी किन दिइस भनेर नेपाली सेनाले केरकार गर्ने जस्ता संकत त्यतिबेला बेहोरेको उनले बताइन ।

त्यतिबेला दुबै पक्षबाट कसरी बच्ने भन्ने डर हुन्थ्यो अहिले कोरोनाबाट बच्ने डर छ शर्मिलाले भनिन्, कोरोना महामारीको सबैठाउँमा त्रास ल्याएको छ ।

मायादेवी गाउँपालिकाका अहिले २९ जना कोरोना पोजेटिभ भेटिएका छन् । त्यसमध्ये ९ जना संक्रिय संक्रमित छन् ।

उनिहरूमध्ये ७ होटलको आइसोलेसनमा छन् भने २ जना होम आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङलाई उच्च प्राथमिकता दिने गरिएको उनले बताइन् ।

भारत तेश्रो मुलुकबाट आएकाहलाई पालिकाले विद्यालयमा रहेको क्वारेन्टाइनमा राखेको छ । अहिले क्वारेन्टाइनमा ११ जना रहेका छन् भने सात सय बढी व्यक्ति क्वारेन्टाइनमा बसि घर फर्किइसकेका छन् ।

क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिहरूलाई पुगेर र फोनबाट स्वास्थ्य स्थितीको बारेमा जानकारी लिने, मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधी पुर्याउने, योगा सिकाउने काम गाउँपालिकाले गरिरहेको छ ।

त्यहाँ रहने गर्भवती र सुत्केरी महिलाका लागि आइरन र क्याल्सिएम चक्की वितरण गर्ने र स्वास्थ्य परामर्श दिने गरेको शर्मिला बताउँछिन् ।

संक्रमितलाई आइसोलेसन र अस्पतालसम्म पुर्याउनका लागि गाउँपालिकाले एक वटा एम्बुलेन्सलाई तयारी अवस्था राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय