कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कपिलवस्तुबाट उपचारका लागि कोरोना विशेष अस्पतालमा भर्ना भएकी ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भाद्र ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिइन्।
उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो।

उपचाररत महिलाको बिहान ९:१५मा मृत्यु भएको अस्पतालका प्रवक्त डा. विष्णु गौतमले बताए।

मृतक महिलामा पहिले देखिनै श्वासप्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि भैरहवाको भिम अस्पतालमा मंगलबार राती नवलपरासीबाट उपचारका लागि पुगेका अर्को संक्रमितको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय