गण्डकीमा स्वास्थ्यकर्मीसहित ३६ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

पोखराको ड्यामसाइडस्थित सशस्त्र प्रहरी गणका २० प्रहरीसहित प्रदेशभर ३६ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना पोजेटिभ देखिनेमा कास्कीका २३, नवलपुरका सात, लमजुङका चार र तनहुँका दुई जना छन्। कास्कीका २० संक्रमित प्रहरीबाहेक अरु सबै कन्ट्याक्ट ट्रेसिङका हुन्।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका महिला संक्रमित पोखराको पार्कल्यान्ड हस्पिटलका स्वास्थ्यकर्मी हुन् भने व्यास नगरपालिकाका पुरुष डोजर व्यवसायी हुन्।

ती २४ वर्षे व्यवसायीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे क्लिनिकमा पुगेर कोरोना परीक्षण गराएका थिए।

लमजुङका ५० वर्षे संक्रमित पुरुष ओमनबाट आएका हुन् भने ४९ वर्षीया महिला किराना पसल सञ्चालक हुन्। त्यसबाहेक प्रदेशमा आज थपिएका अरु संक्रमित कन्ट्याक ट्रेसिङका हुन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ। तीमध्ये १७ सय १२ संक्रमित निको भएका छन् भने १४ को मृत्यु भएको छ।

कास्कीका चार, गोरखाका तीन, स्याङ्जा र लमजुङ दुई-दुई, तनहुँ, म्याग्दी र बागलुङका एक÷एक संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय