वीर अस्पतालका ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण, दुई दिनसम्म ओपिडी सेवा बन्द

वीर अस्पतालको ओपिडी सेवा दुई दिन सम्म बन्द हुने भएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि अस्पतालले दुई दिनसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार अस्पताल प्रशासन एक सुचना जारी गर्दै ओपडी ,आईसियु वार्ड र विभिन्न शाखाको सरससफाई , स्यानिटाईजेसन तथा कन्ट्रयाक्ट ट्रेसिङ गनुपरेकोले सेवा बन्द हुने जनाएको छ।

अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ। अस्पताल प्रशासनको अनुसार ७१ जना स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा रहेका छन्।

अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव भइरहेको निर्देशक डा. केदार सेञ्चुरीले बताए।

‘स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि स्यानिटाईजेसन तथा कन्ट्रायक टे«सिङको गर्नको लागि ओपिडी सेवा बन्द गर्न लागेका हौँ, उनले भने,‘ तर, ईमर्जेन्सी सेवा, ईन्डोर सेवा भने सुचारु नै रहने छन्।’

कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा अस्पतालका ४ वटा वार्ड सञ्चालनमा आएका छैइनन्। ल्याबका कर्मचारीमा संक्रमण पुष्टि भएसँगै ल्याब सेवा बन्द रहेको छ।

त्यसैगरी, कार्डियोलोजी विभाग, न्युरो र क्यान्सर वार्ड पनि बन्द अवस्थामा रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय