कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा प्रसूति

कोरोना संक्रमित भएकी पनौतीकी एक महिलाको धुलिखेल अस्पतालमा नर्मल प्रसूति भएको छ ।

कालीमाटी काठमाडौं बसोबास गर्ने ३४ वर्षे महिलालाई दिनअघि रुघाखोकी लागेपछि प्रसूति गृहमा स्वाब संकलन गरिएको थियो ।

महिलाको तेस्रोपटकको प्रसूति हो । दोस्रो प्रसूतिबाट जन्मिएको नवजातको मृत्यु भएको थियो ।

रिपोर्ट पोजेटिभ आएपनि अस्पताल प्रशासनले होम आइसोलेसनमा बस्न भनेपछि ती महिला स्थायी घर पनौती गएकी थिइन् । नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनम बसेकै समया मंगलबार विहान प्रसूति ब्याथा लागेपछि

धुलिखेल अस्पताल ल्याइएको अस्पतालका प्रसूति रोग विशेषज्ञ एवं कोभिड फोकल पर्सन डा. सुमन ताम्रकारले जानकारी दिए ।

अस्पतालमा ती महिलालाई सरिना शाक्यको इन्स्टक्सनमा स्टाफ नर्स ममता राई डेलिभरी लिएकी थिइन्।

कोरोना महामारी बढेसँगै ठूलो संख्यामा गर्ववती र सुत्केरीले उचित उपचार र स्याहारबाट बञ्चित हुन परेको छ ।

डा. ताम्रकारले महामारीको संवेदनशील अवस्थामा पनि सकेसम्म सुरक्षित मातृत्व र आम सुरक्षा सेवा प्रभावित नहोस् भनेर अस्पतालमा विशेष सावधानी अपनाइदै आएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय