कलेजो प्रत्यारोपण सर्जन डा. साह भारतमा मृत भेटिए

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १६ गते १९:०५

भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साह मृत अवस्थामा भेटिएका छन् ।

भारतको हरिणानामा बस्दै आएका साह गुरुग्रामा मृत भेटिएका हुन् ।

पोखराको मनिपालबाट एमबिबिएस गरेका साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका थिए ।

सिराह स्थायी घर भएका उनले अल इन्डिया मेडिकल इन्टिच्युट एम्सबाट एमसिएच गरेका थिए ।

साहको श्रीमती र एक छोरी छन् ।

एमबिबिएस, एमडी र डिएमसमेत साहसँगै एउटा मेडिकल स्कूलमा पढेका वीर अस्पतालमा कार्यरत छातिरोग विशेषज्ञ डा. अषेश ढुंगानाले सामाजिक सञ्जालमा सधै अरुलाई सहयोग गर्न असल मान्छे भएको उल्लेख गरेका छन् ।

‘म भगवानले राम्रा मान्छेलाई सधै छिट्टै लैजान चाहने रहेछन् भन्न मात्र सक्छु’ ढुंगानाले लेखेका छन्, ‘अलविदा दाई’

बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेले पनि फेसबुकमा लेखेका छन्, ‘साथी निशब्द बनायौं, छैनौं कसरी पत्याँऊ यतै हाँसिरहेझै लाग्छ’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय