चिकित्सकलाई छैन, प्रशासनका कर्मचारीलाई जोखिम भत्ता

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा चिकित्सकलाई जोखिम भत्ता नदिएर प्रशासन फाँटका कर्मचारीले भत्ता बुझेको खुलासा भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले छानबीन गर्दा यस्तो भेटिएको हो ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनासो आएपछि मन्त्रालयले टोली खटाएर त्यसबारे अध्ययन गरेको थियो ।

अध्ययनमा जोखिम भत्ता पाउनुपर्ने ३८ जना स्वास्थ्यकर्मी छुटेको पाइएको छ भने नियमले नपाउने २ जना प्रकाशन फाँटका कर्मचारीले जोखिम भत्ता बुझेको भेटिएको छ ।

यसैबीच बुटवल कोरोना विशेष अस्पतालमा खटिएका चिकित्सक र स्वस्थ्यकर्मीहरुले जोखिम भत्ता र मासिक पारिश्रमिक नपाएपछि सेवा नै ठप्प पार्ने चेतावनी दिएका छन ।

अस्पताल प्रशासनलाई लेखेको पत्र सार्वजनिक भएपछि अस्पतालले जोखिम भत्ता नदिएको खुलासा भएको हो ।

अस्पताल प्रशासनमा पत्र बुझाउनेमा डा. साहिल भुषाल, डा. पुजन ज्ञवाली, डा. प्रतिमा भण्डारी, डा. बिशाल झा, डा. राजेश लिम्बु, डा. सनिमा न्यौपाने, डा. कल्याण रेग्मी, डा. आर्शिबाद अर्याल र डा. सबिता अर्यालले छन् ।

उनिहरुले संयुक्त रुपमा भदौ ११ गते लुम्बिनी प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्षलाई एक हप्ताको म्याद दिई ज्ञापनपत्र बुझाउदै पारिश्रमिक र भत्ता उपलब्ध गराउन आग्रह थिए ।

अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा ९ जना चिकित्सक, ६ जना एचए, करीब ४ दर्जन नर्सिङ स्टाफ र ४ जना गार्डहरुले काम गर्दै आएका छन ।

मागलाई ब्यवस्थापन पक्षले बेवास्ता गरेको आन्दोलनमा उत्रिने चेतावनी एक चिकित्सकले दिए । उनिहरुले दिएको अल्टिमेटको म्याद बुधबार सकिदैछ । अब बुधबारसम्म निर्णय नभए आफुहरुले सेवा रोक्ने ति चिकित्सकको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले चिकित्सकहरुको माग पूरा गर्ने बताए । जटिल अवस्थामा खटिएका चिकित्सकहरुको तलब निकासा नभएको भनी आउनुभएको र यसको समाधान हुन्छ उनले भने ।

अस्पतालका दुई जना एकाउन्टेन्टहरु पोजिटिभ हुदा उनिहरु होम क्यारेन्टिनमा रहेको उनले बताए ।

 

स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको जानकारी पाएपछि प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले अस्पतालका कागजातको अध्ययन गरेको छ । अध्ययनमा अस्पतालका ३८ जना स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भेटिएको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।

अस्पतालका २ जना कर्मचारीले नियमभन्दा बाहिर रहेर लिएको भत्ता भने फिर्ता गराएको उनको भनाई छ । स्वास्थ्यकर्मीले भत्ता नपाउनुको कारण के रहेछ भन्ने जिज्ञासामा सूचना अधिकारी डा. पौडेलले अस्पताल प्रशासनलाई उधृत गर्दै भने उहाँहरुले भुलबस भन्नुभयो, अब पाउनुहुन्छ ।

अस्पतालका करारका कर्मचारीले तलबको नपाएको बिषयमा मन्त्रालयले केही दिनभित्रै निकासा दिनेगरी प्रक्रिया अगाडी बढाएको बताए ।

 

One thought on “चिकित्सकलाई छैन, प्रशासनका कर्मचारीलाई जोखिम भत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय