उपत्यकामा ४८१ सहित देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर १ हजार ६९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाा मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४० हजार ५ सय २९ पुगेको बताए।

त्यसैगरी काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ। मगंलबार १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। डा. गौतमको अनुसार आज देशभर १८ हजार १ सय १२ संक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ७ सय ६८ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २२ हजार १ सय ७८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय