जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा  बाहेका अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन्।

उनका अनुसार भोलीदेखि कार्यालय बन्द रहने छ। दाङमा हाल ७ सय ८४ जना कोरोना संक्रमित रहेका छन्। जस मध्य ६ सय ९८ जना उपचारपछि डिस्चार्ज भैसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय