२९ दिनपछि बाराको निषेधाज्ञा खुकुलो

बारा जिल्लामा २९औं दिनपछि जारि निषेधाज्ञा आजबाट खुकुलो गरिएको छ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मकका लागि जिल्लाका सबै स्थानीय तहमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरिको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

खाद्यान्न, किराना पसल, ग्यास, इन्धन, डेरी, लगायतका व्यावसायहरू बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुल्ला गर्ने र यसका लागि भौतिक दूरी कायम राख्नु पर्ने निर्णय गरिएको उनले बताए। यसअघि दैनिक उपभोग्य बस्तु खरिद बिक्रि वितरणका लागि बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको थियो।

यस्तै सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरूमार्फत् कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयहरूले भने स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भोलिदेखि सेवा प्रदान गर्न सक्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।

बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य सञ्चालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय