प्लाजमा दान गर्नेलाई प्रशंसा पत्र दिने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले कोभिड–१९ बाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नेलाई प्रशंसा पत्र वितरण गर्ने निर्णय गरेको छ।

मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै संघले संक्रमितहरुको मनोबल उच्च राख्न निको भएकाहरुको अनुभव र संक्रमित हुँदा सिर्जना भएको मानसिक तनाब लगायतका अनुभवलाई सन्देशका रुपमा दिन अभियान पनि संचालन गर्ने निर्णय गरेको छ।

विश्वमा कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधि तथा खोपको अनुसन्धान भइरहेको छ। यस्तो अवस्थामा प्लाजमा थेरापी बरदान सावित भएकोले निको भएका संक्रमितलाई सहयोगको आहवान गर्न यस्तो निर्णय गरेको संघका महासचिव डा बद्री रिजाल बताउँछन्। १ पिन्ट प्लाजमाबाट हजारौं मानिसलाई जोगाउन सकिने भन्दै संघले सहयोगको अपिल गरेको हो।

कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ। यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय