कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मीका परिवारले जीवन बीमाको २५ लाख पाउने, अन्य क्षतिपुर्तिसमेत दिन स्वास्थ्यकर्मी संगठनको माग

कोरोनाका कारण मृत्यु भएका महोत्तरी सिसवा ४ का औषधि व्यबसायी ३७ वर्षे हेल्थ असिस्टेन्टका परिवारलाई कोभिड नियन्त्रण निर्देशिका बमोजिम क्षतिपुर्ति दिलाउन स्वास्थ्यकर्मी नेताहरुले माग गरेका छन् । सरकारले भने निर्देशिकाअनुसार जीवन बीमाको २५ लाख उपलब्ध गराउने जनाएको छ ।

नेपाल स्वास्थ्यकर्मी युनियानका अध्यक्ष उज्जलकुमार शर्माले कोभिड नियन्त्रण निर्देशिका बमोजिम पाउने सम्पूर्ण सुविधा उपलब्ध गराउन माग गरे ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको हाे ।

स्वास्थ्य मन्त्रालय आधिकारिक रुपमा पुष्टि समेत गरेको छ।

महोत्तरीमै प्राइभेट प्र्याक्टिस गरिरहेका उनी भदौ ७ गते स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। मन्त्रालयका अनुसार उनलाई थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा १० गते बाटोमा मृत्यु भएको हो।

मृत्यु भएपछि ललितपुरस्थित बयोधा अस्पतालमा र्पुयाइएका उनको नमूना संकलन गरी परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो। ‘स्वास्थ्य संस्थामा हामीले सोध्दा हो नै भन्ने जवाफ आएको छ,अधिकारीले भने, ‘आज कोरोना अपटेड मार्फत थप विवरण सार्वजानिक गछौँं।’

हालसम्म ६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयको तथ्यांक रहेको छ। सरकारले कोरोना उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा २५ लाखको जीवन बिमा गरेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय