कोरोनाबाट वीरगन्जमा २४ घण्टामा ४ जनाको गयो ज्यान

भदौ १६ – कोरोना भाइरसका कारण पर्सामा २४ घन्टामा चारजनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने चारटै पुरूष रहेका हुन ।

मृत्यु हुनेमा बारा कोल्भिका ६० वर्षीय पुरुष , वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष , वीरगन्ज वडा नं. २४ निवासी ८० वर्षीय वृद्धा र एक जना बेवारिसे करिब ६० वर्षीय पुरुष रहेका छन्।

बाराको कोल्भीका ६० वर्षीय पुरुषको नारायणी अस्थायी बिशेष कोरोना अस्पताल गण्डक कोरोना अस्पतालमा आज मंगलबार बिहान मृत्यु भएको छ ।

६ दिनदेखि कोभिड अस्पतालको आइसीयूमा उपचाररत ति संक्रमित पुरुष मंगलबार बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जनाए ।

मृत्यु भएका ती पुरूष भदौ १० गते गण्डक कोरोना अस्पतालमा भर्ना भएका थिए । मधुमेहको समस्या रहेका उनमा पछिल्लो समय श्वासप्रश्वासको समेत समस्या देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको सीपीएपी मेसिनमा राखेर उपचार भइरहेको क्रमम आज बिहान ती संक्रमित पुरुषको मृत्यु भएको हो ।

यस्तै वीरगन्ज हरपतगन्जका ५३ वर्षीय पुरुष सोमबार राति १२ बजेर ४५ मिनेटमा उपचारको क्रममा नारायणी अस्थायी बिशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको हो।

ज्वरो आएपछि साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरि उपचार सुरू गरेको थियो ।कोभिड

अस्पतालको आइ.सि.यू। कक्षमा १७ दिनदेखि उपचाररत ती पुरुष सोमबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको नारायणी प्रवक्ता डा. चौरसियाले जनाए ।

कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

यसैगरी वीरगन्ज वडा नं।२४ निवासी ८० वर्षीय वृद्धको पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।

वीरगन्ज स्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत एक वृद्धको सोमबार ३ बजेर २० मिनेटमा मृत्यु भएको नारायणी प्रवक्ता डा. चौरसियाले जनाकारी दिनु भयो ।

ती वृद्धलाई ज्वरो र लिभरमा समस्यो देखिएपछि आफन्तल नारायणी अस्पतलामा भर्ना गराएका थिए । अस्पतालमै उनको स्वाब संकलन गरि परिक्षण गर्दा भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पुष्टि भएपछि नारायणी अस्पतालबाट कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा रिफर गरिएको थियो । तीनदेखि कोरोना अस्पतालको आईसीयूमा उपचार भइरहेको ती वृद्धको सोमबार दिउँसो निधन भएको हो । मृतकको कुनै पनि ट्राभल हिस्ट्री रहेको छैन ।

मृत्युपछि कोरोना पोजेटिभ
पहिचान नखुलेका कोरोना संक्रमित करिब ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजेको समयमा नारायणी अस्पतालमा मृत्यु भएको हो ।

मृत्युपछि गरिएको नारायणी अस्पतालको प्रयोगशालामा जिन अक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता डा।चौरसियाले जनाए ।

बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई स्थानीय युवाले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । मृत्युपछि कोरोना पोजिटिभ देखिएको ती मृतक पुरूषको हालसम्म नाम र ठेगाना भने खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय