संक्रमित चिकित्सक भन्छिन् ‘मनोवल जुटिसकेको छ, अवश्य कोरोना जित्छु’

डा. प्रतिक्षा पौडेल यतिवेला कोरोनासँग जुधिरहेकी छिन् । छोरी चिकित्सक बनेर सेवा गरेको हेर्ने आमा सावित्री र बुबा हेमराजको चाहाना साकार भएको एक वर्षमात्रै पुरा भएको छ ।

यसबीचमा संसारनै तर्साउने कोरोना महामारीसँगै थुपै अविभावक आफ्ना फ्रन्टलाइनर सन्तानका सुःखद भविष्यको सुन्दर कल्पनामा एउटा त्रास थपिएको छ ।

चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बिडिएस सकेकी प्रतिक्षा बर्षदेखि डेन्टल चिकित्सकको रुपमा कार्यरत छिन् ।

अचानक भदौं ४ गते बिहानै नै रिउनको रिर्पोट कोरोना पोजेटिभ आयो । केहीबेर मन अतालियो । नयाँ भाइरसको संक्रमणको त्रासकै बीच उनले सोचिन ‘म त चिकित्सक पो, आत्तिनु हुन्न ।’

उनले संसारभर संक्रमणको चपेडामा परेका स्वास्थ्यकर्मीका प्रतिनिधि कथा सम्झिइन् र आत्मबल जुटाइन ।

महामारीको ग्राफसँगै प्रतिक्षाजस्तै चिकित्सकको काममा जोखिम र त्रासको ग्राफ थपिइरहे पनि उनलाई संकटको समयमा पिट्ठ्यु फर्काएर भाग्न मन लागेन । ‘संक्रमणको त्रास रहेपनि सेवा सेवा छोड्न हुन्न भन्ने थियो र छ,’ उनले भनिन् ।

एउटा स्वास्थ्यकर्मीको प्रमुख जिम्मेवारी विरामीहरुको सेवा गर्नु हो । सेवामा जुटिरहँदा सर्तकता अपनाए पनि संक्रमण नै भइहाल्ला भन्ने थिएन उनलाई ।

सचेत र सावधान रहँदारहँदै संक्रमित हुन पुगेकी प्रतिक्षा सबै स्वास्थ्यकर्मीलाई कर्तव्य बुझेर काम सुझाउँछिन । ‘कोरोनासँग डराएर होईन् मनोवल बढाएर लडे जितिन्छ । आतिन हुदैन्,’ उनले थपिन ।

संक्रमण पुष्टि भएसँगै अस्पताल प्रशासन उनीसँगै संक्रमित भएका तीन सहकर्मीलाई क्याबिन सुविधासहितको आइसोलेसनमा राख्यो । अहिले उनी १० दिनदेखि नियमित रुपमा आवश्यकता सर्तकता अपनाउदै कारोनासँग लडेको छु ।

खासै ठूलो समस्या नदेखिएका कारण उनलाई भाइरस जितेर फेरी नियमित काममा फर्किने विश्वास छ ।

सुरुसुरुमा जिऊ गल्ने समस्या देखिए पनि अहिले खासै समस्या छैन् ।

संक्रमणको सन्दर्भमा अहिले पनि संसार भर यो भाइरस कसरीकसरी सर्नसक्छ भन्नेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्षाको मनमा पनि थुपै दिनसम्म कसरी संक्रमित भएँ होला भन्ने प्रश्नले डेरा जमाइरह्यो । ‘बिरामी भएको ठाँउमा पुग्दा सुरक्षा सर्तकता अपनाई पिपिई माक्स, ग्लोब्स लगाएकै हो । तर पनि लाग्यो कोरोना ?’ उनले प्रश्न गर्छिन ।

संक्रमण जितेपनि नियमित कामसँगै सचेत भएर लडे कोरोना जित्न सकिन्छ भन्ने सन्देश फैलाउन लागि पर्ने अठोट प्रतिक्षाको छ ।

यद्यपि चिकित्सक भएपनि संक्रमणले दिने पीडा र त्रास आम सर्वसाधारणको जस्तै रहेको उनको बुझाई छ । संक्रमण पुष्टिपछि आफुहरुलाई घरपरिवार आफन्त सबैले गरेको माया र स्नेहले भने थप हौसला मिलेको डा. प्रतिक्षाले बताइन् ।

अस्पताल आइसोलेसनमा बसेकी प्रतिक्षाले होम आईसोलेसन रोज्नेहरुलाई समेत सचेत भएर बस्न सुझाब दिइन । ‘होम आइसोलेसनमा बस्नेले सबै कुरा बुझन् जरुरी छ, नआतिन, प्रयाप्त तातोपानी र घरायसी जडिबुटी औषधि सेवा गर्न सकिन्छ’ उनले भनिन ।

नियमित शारीरक व्यायम, पौष्टिक तत्व भएका खानेकुरामा ध्यान दिन पनि उनको सुझाब छ ।

संक्रमित भएपछि गरिने उपचारभन्दा संक्रमणसँग बच्न, माक्स, सेनिटाईजर, समाजिक दुरीमा चनाखो बन्नु नै उत्तम उपाय भएको उनले बताइन ।

संसार डराइरहेको भाइरस छोरीलाई पनि संक्रमण भएको थाहा पाएपछि बाबुआमाको मन आत्तिएको महसुस उनले गरेकी छिन । ‘ तर मैले नै तपाईंहरु नआत्तिनुस् म निको भएर फर्किन्छु भन्नेकी छु’ उनी थप्छिन् ।

जोखिम लिएर सेवा गर्नकै लागि नै आफूले चिकित्सा पेशा रोजेको भन्दै समस्या आयो भन्दैमा पेशागत धर्म बिर्सिन नमिल्ने प्रतिक्षा बताउँछिन् ।

चितवनका पत्रकार राजेन्द्र आचार्यले तयार पारेको सामग्री । संक्रमित परिवारको सहमतिमै संक्रमितको नाम र तस्बिर सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय