बारा र पर्सामा थपिए २० कोरोना संक्रमित

बारा र पर्सामा थप २० जनामा कोरोना संक्रमण पष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परीक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट गरिएको परीक्षणमा दुईजना गरि थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रयोगशालामा सोमबार राति ४ सय १० जनाको स्वाबको परीक्षण गर्दा १८ जनामा र अस्पतालको आकष्मिक कक्षमा उपचाररत ४ जनाको जिन अक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रममितमध्ये पर्साका १७ जना र बाराका १ जना रहेका छन्। जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण गरिएका दुई संक्रमितको ठेगाना खुलेको छैन।

संक्रमण पुष्टि हुनेमा २३ वर्षदेखि ६८ वर्ष उमेर समूहका ३ जना महिला र १७ जना पुरूष रहेका छन्। पर्साका १७ जना संक्रमणमध्ये कालिकामाई गाउँपालिका वडा नम्बर ५ का ५ जना रहेका छन् भने बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना रहेका छन्।

यसतै वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का २/२ जना र वडा नम्बर ११, १४, १६ र २५ का एक/एक जनागरी ८ जना संक्रमित थपिएका हुन्। अन्य थप तीन संक्रमित पर्साकै रहेका छन्।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय