प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना

फाइल तस्बिर

प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएको छ ।

सोमबार विहानैदेखि पखालासँगै ज्वारोसमेत सुरु भएपछि घिमिरेको स्वाब संकलन गरिएको थियो ।

संकलित स्वाबको नमूनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेका स्वाकीय सचिव तिलक बस्नेतले जानकारी दिए ।

श्वासप्रश्वासमा कठीनाई नभएको र साँझ पखाला पनि रोकिएका कारण उनी होम आइसोलेसनमै छन् ।

दुई दिनअघि घिमिरे धनकुटामा एउटा पिसिआर प्रयोगशाला उद्घाटनसम्बन्धी कार्यक्रममा सहभागी भएर आएका थिए ।

सो कार्यक्रममा २५को हाराहारीमा सहभागी थिए । घिमिरेको भ्रमण र भेटघाटको आधारमा कन्ट्रयांक ट्रेसिङ गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय