काठमाडौंका मेयर शाक्यमा कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाका कुनै लक्षण नदेखिएका उनी होम आइसोलेसनमा छन्।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले प्रमुख शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको बताइन्।

खड्गीका अनुसार केही दिनअघि शाक्यलाई हल्का ज्वरो आएको थियो। त्यसपछि शाक्य दम्पतीकै स्वाब परीक्षण गरिएको थियो।

शाक्यकी श्रीमतीलाई भने संक्रमण देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय