वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल दम्पतीमा कोरोना संक्रमण

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन्। शनिबार डा. रिजालसँगै उनकी पत्नीमा पनि कोरोना पुष्टि भएको हो।

अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचाररत रहेको डाक्टर रिजालले बताए। उनले आफूहरूको अवस्था सामान्य रहेको बताएका छन्।

उच्च मनोबल भएमा कोरोनालाई परास्त गर्न सकिने बताएका छन्। उनले सबैको शुभेच्छा र हौसलाले चाडै संक्रमण मु्क्त हुने विश्वास व्यक्त गरे। संक्रमण मुक्त भइसकेपछि पुन: फ्रन्टलाइनमै खटिएर सेवा प्रवाह गर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय