कोरोनाबाट प्रदेश ५ मा आजसम्म ३० जनाको मृत्यु

प्रदेश ५ मा ३० जना कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको छ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको अनुसार प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएको हो। तर रोल्पा र पूर्वी रुकुममा भने कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु भएको छैन।

रोल्पामा कोरोना संक्रमणबाट निको हुने प्रतिशत नि तुलनात्मक रुपमा अरु जिल्लामा भन्दा बढी छ। रोल्पा र पूर्वी रुकुम उत्तरतर्फका एकापसमा जोडिएका जिल्ला हुन्।  रोल्पाका संक्रमितको निको हुने दर ९२.५२ प्रतिशत छ भने पूर्वी रुकुमा यो दर १०० प्रतिशत छ। पूर्वी रुकुम प्रदेश ५ को एक मात्र हिमाली जिल्ला हो।

रोल्पामा आइतबारसम्म ८१ जना संक्रमित भएकोमा ५ जना मात्रै उपचारको क्रममा छन्। पूर्वी रुकुममा भने २४ जना संक्रमित भएकोमा सबै जना निको भई घर फर्किइसकेका छन्।

प्रदेश ५ मा रुपन्देहीमा सबैभन्दा बढी ९ जना संक्रमितको मृत्यु भइसकेको छ। प्रदेश ५ मा पछिल्लो पटक रूपन्देही तिलोत्तमा नगरपालिकाकी एक महिलाको मृत्यु भएको थियो।

स्वास्थ्य निर्देशनालयका अनुसार त्यसपछि मृत्यु हुनेमा बाँके जिल्ला पर्दछ । बाँकेमा मृत्यु हुनेको संख्या ६ जना रहेको छ। कपिलवस्तु र गुल्मीमा ३÷३ जना पाल्पा, दाङ र अर्घाखाँचीमा २÷२ जना, नवलपरासी, बर्दिया र प्यूठानमा १÷१ जना रहेका छन्। ,

प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले प्रदेश ५ मा संक्रिय कोरोना संक्रमितको संख्या १३९८ जना रहेको बताए।

उनका अनुसार १० जिल्लामा संक्रिय संक्रमित रहेकोमा अहिले सबैभन्दा बढी संक्रिय संक्रमित रूपन्देहीमा रहेका छन्। रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५५९ जना, बाँकेमा २९२ जना र नवलपरासीमा ११३ जना संक्रिय संक्रमित छन्।

बुटवलमा मात्रै २१३ जना संक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय