कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु, श्रीमती र भाइसमेत संक्रमित

महोत्तरीका एकजना कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

महोत्तरीको मनरा सिसवा नगरपालिका–४ जाउख घर भएका ३३ वर्षीय कमलेस सहनीको मृत्यु भएको हो। सहनीको उपचारको क्रममा काठमाण्डौंस्थित बयोधा अस्पतालमा भाद्र १० गते मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए।

हेल्थ असिस्टेन्ट सहनी गाउँमा आफ्नो निजी क्लिनिक सञ्चालन गरेर बिरामीको उपचार गर्दै आइरहेका थिए। बिरामी उपचार गर्ने क्रममा संक्रमित भएका सहनी उपचारको लागि काठमाडौं गएको बताइएको छ।

निमित्त निर्देशक झाका अनुसार भाद्र १० गते उनको स्वाब संकलन भएर साही दिन पोजिटिभ रिपोर्ट आएको थियो। सहनीकी श्रीमती र उनका एकजना भाइलाई समेत कोरोना पुष्टि भएको बताइएको छ।

संक्रमण पुष्टि भएका दुबैजनाको उपचार काठमाडौंमा भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय