देशभर थपिए ८९९ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २९८

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १५ गते १६:३२

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाड‍ौं उपत्यकाका तीनै जिल्लामा गरि २ सय ९८ संक्रमित थपिएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै देशभर ८ सय ९९ संक्रमित थपिएका छन्। योसँगै देशभर १७ हजार ८ सय २२ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय