नेकपा नेता चापागाईको कोरोना संक्रमणबाट मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ। श्वासप्रश्वास र दमको समस्या भएका चापागाई भदौ ६ गते भरतपुर अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा आज बिहान उनको निधन भएको अस्पतालले जनाएको छ।

भरतपुर महानगरपालिका–६, केदरबागका ८७ वर्षीय चापागाईलाई भदौ २ गते कोरोना पुष्टि भएको थियो। उनी ज्येष्ठ कम्युनिस्ट मञ्च चितवनको सदस्य थिए। विसं २०२५ सालमा गठिन ननसेन्टरबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

चापागाईका १०२ वर्षीया आमा, पत्नी, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय