रूपन्देहीमा कोरोना स‍ंक्रमित महिलाको मृत्यु

रूपन्देहीमा होम क्वारेन्टानइनमा बसेकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा ५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे।

भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।

उनले बुटवलमा नियमित रुपमा उपचार गरेकोमा कोरोना देखिएपछि भने उनि घरमै बसेकी थिइन्। उनमा निमिनिया र दमको समस्या रहेको परिवारले जनाएको नगरप्रमुख घिमीरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय