कोरोनामुक्त भएपछि भुगर्भ इन्जिनियरले भने- ‘स्वास्थ्यकर्मी भगवान, मैले दोस्रो जीवन पाएँ’

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १५ गते १२:३३

चर्चित इन्जिनियरिङ भुगर्भविद् रन्जनकुमार दाहालले कोरोनामुक्त भएपछि यसलाई साधारण रुघाखोकी नठान्न आग्रह गरेका छन् ।

१३ दिन आइसियूसहित १८ दिनको अस्पताल बसाईपछि दाहालले समाजिक सञ्जाल फेसबुकमा आफूलाई बचाउँन प्रयास गर्ने स्वास्थ्यकर्मीलाई भगवानको संज्ञा दिएका छन् ।

उनले अस्पताल, स्वास्थ्यकर्मीसँग सरकारलाईसमेत धन्यवाद दिएका छन् । आम सर्वसाधारणमा कोभिडबारेको भ्रम निवारण र चेतना अभिवृद्धिमा केही सहयोग होस् भनेर हामीले दाहालको स्टाटसमा व्यक्त भावना प्रस्तुत गरेका छौ ।

दाहालले आफूले १३ दिन बसेको आइसियू बेडको फोटोसमेत पोष्ट गर्दै ‘कोभिड साधारण रुघाखोकि र बेसार पानीले ठिक गर्छ ‘ भन्ने भ्रम नराख्नसमेत आग्रह गरेका छन् ।

‘जुन भ्रम हामीलाई छ, यसले नै कोभिड १९ हाम्रो समाजमा फैलिदै छ भन्ने चाहिँ मलाई प्रष्ट भएको छ ।’ दाहालले लेखेका छन्, ‘यसलाई कसैले पनि साधारण रुघाखोकी नमान्नु होला ।’

उनले सुख्खा खोकी र जरो भएमा तत्काल पिसिआर परीक्षण गर्नसमेत सुझाब दिएका छन् ।

दाहालको भावना
म कोरोना संक्रमित थिएँ । मैले १३ दिन आइसियुमा सहित १८ दिन अस्पतालमा बिताएँ । अहिले म घर फर्केर आराम गरिरहेको छु । र अहिले म ठिक छु ।

१३को आइसिू बसाईमा मलाई बचाउन धेरै महनत गर्नुभएका सशस्त्र प्रहरी अस्पतालका सबै स्वास्थ्यकर्मी साथीहरुलाई धेरैधेरै धन्यवाद । दुःखको कुरा मलाई कसैको अनुहार थाहा छैन तर उहाँ भगवानको प्रयासको जति नै प्रशंसा गरेपनि कम हुन्छ ।

म नेपाल सरकारलाइ यो उत्तम सेवाको लागि मुरिमुरि धन्यवाद दिन्छु । मलाई नेपाल सरकारले सबै उपचार खर्च गरि बचाएको छ । मैंले तिरेको करको नेपाल सरकारले सहि रुपमा ‘पेव्याक’ गरेको छ ।

यसका लागि म नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै मेरो परिवार, आफन्तहरु र मेरा सहकर्मी साथीहरूले मलाइ बचाउन गर्नुभएको मिहिनेतको लागि म सदैव ऋणी भएको छु ।

शंका लाग्ने बित्तिकै सहि समयमा नै सेल्फक्वारेन्टीनमा बसेको हुनाले मेरो परिवारका कसैलाइ पनि केहि भएन । मैंले दोस्रो जीवन पाएको छु ।

म कसरि कोभिडको शिकार भए अझैसम्म उत्तर त छैन, तर केहि हेलचेक्र्याँई नै प्रमुख कारण हो भन्ने कुरा मा दुइमत छैन ।

यसलाई कसैले पनि साधारण रुघाखोकी नमान्नु होला ।

सुख्खा खोकी र जरो छ भने पिसिआर टेस्ट गरेर हस्पिटलको लागि तयारी गर्नुहोला । मैले मृत्यु नजिकबाट हेरेर फर्किएको छु ।

कोभिडको बारेमा साधारण रुघा खोकि र बेसार पानी आदिको जुन भ्रम हामीलाई छ, यसले नै कोभिड १९ हाम्रो समाजमा फैलिदै छ भन्ने चाहिँ मलाई प्रष्ट भएको छ । यसलाई कसैले पनि साधारण रुघाखोकी नमान्नु होला ।

सुख्खा खोकी र जरो छ भने पिसिआर टेस्ट गरेर हस्पिटलको लागि तयारी गर्नुहोला । मैले मृत्यु नजिकबाट हेरेर फर्किएको छु ।

गत २५ वर्षदेखि विपद् जोखिम व्यवस्थापनमा काम गर्दै आएको मलाई यो कोभिड १९ संक्रमणले हाम्रो विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको धेरै पाटोमा पाठ सिकाएको छ ।

मेरा सबै अनुभव केहि समयपछि मिडियामार्फत जानकारी गराउने नै छु । मेरो अनुभव सरकार र नेपाली जनता दुबैको लागि सुधारका कार्यक्रम लागु गर्न पक्कै पनि केहि सहयोगी हुनेछ ।

यसैगरि मलाइ कोभिड संक्रमण भएको कुरालाइ लिएर एउटा पेशागत समुहको एक झुण्डले सामाजिक सञ्जालहरुमा गोसिप गर्दै “मर्दैछ“ भन्ने सम्मको जुन अफवाह फैलाउने काम गरे त्यसले मलाइ अति दुःख लागेको छ ।

म आइसियूमा छट्पटिँदै गर्दा एकजना महाशयले त मलाई मेरो फेसबुक मेसेन्जरमा “कोभिड हुदै मा आइसियूमा त होइन होला“ भन्नसम्म आँट गरे । त्यस्ता मानवताका कलंकहरुलाई भगवानले सद्बुद्धी दिउन भन्ने पनि कामना गर्दछु ।

केहि दिनपछि म आफ्नो कर्मक्षेत्रमा ओर्लिने छु भन्दै सबै शुभचिन्तक हरुमा हार्दिक नमन ।।।

 

One thought on “कोरोनामुक्त भएपछि भुगर्भ इन्जिनियरले भने- ‘स्वास्थ्यकर्मी भगवान, मैले दोस्रो जीवन पाएँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय