प्रदेश ५ मा आइसियू र आइसोलेसन कुर्दै संक्रमित, अस्तव्यस्त उपचार

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ भदौ १५ गते ११:३९

कोरोना संक्रमितका संख्या बढेसँगै उचित प्रवन्ध नहुँदा प्रदेश ५ का गम्भीर अवस्थाका संक्रमित उपचार प्रभावित भएका छन् । कोरोनाका लक्षणका आधारमा चिकित्सकले तत्काल आइसियु चाहिने भनेका ४ जना र आइसोलेसन आवश्यक पर्ने भनेका १०८ जना अलपत्र छन् ।

प्रदेश ५ मा १७ जना संक्रमितको आइसीयूमा उपचार भैरहेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालमा १६ जना र दाङको राप्ती प्रादेशिक अस्पतालको बेलझुण्डीस्थित अस्पतालमा १ जनाको आइसीयूमा उपचार भैरहेको हो ।

बुटवलको कोरोना अस्पतालमा ४ जना तीन दिनदेखि आइसियु कुरेर बसिरहेका छन् । बेड खाली नभएपनि उनिहरु आइसियु कुरिरहेका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले , अन्यत्र पठाउन सकिन अवस्था नभएपछि बिरामीले पालो कुरिरहेको बताए ।

बुटवलकै कोरोना विशेष अस्पतालमा २ जनाको गम्भीर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी बुटवलकै कोरोना विशेष अस्पतालमा २ जनाको गम्भीर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक अपडेटमा मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले दिएको जानकारी अनुसार प्रदेश ५ मा १ हजार ४१७ जना संक्रमित आइसोलेशन र अस्पतालहरुमा उपचाररत रहेका छन् ।

तीमध्ये १३७ आइसोलेशनमा १ हजार १९३ जना रहेका छन् भने १०८ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको डा. पौडेलले बताए ।

प्रदेश ५ मा ११० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेश ५ मा परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको दर ६ प्रतिशत र निको हुने दर ७७ प्रतिशत रहेको र मृत्युदर ०.४५ प्रतिशत रहेको उनले बताए ।

प्रदेश ५ मा आइतबारसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ८३८ जना निको भएर घर फर्किएका छन् । आइतबार दिउसोसम्म प्रदेश ५ मा ४८ जना संक्रमित थपिएको पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय