वीरगन्जमा थप ४१ जनामा कोरोना पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न स्थानबाट संकलन गरिएको स्वाबका नमुनाहरूलाई परीक्षण गर्दा थप ३८ र  जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा तीनजना गरि थप ४१ जनामा संक्रमण पाइएको हो।

संक्रमण हुनेमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन्। थपिएका संक्रमितहरू पर्सा, बारा, सर्लाहीका नागरिकसमेत रहेका छन्। जसमा सबैभन्दा धेरै पर्साका बासिन्दा रहेका छन्।

आइतबार राति ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा र अस्पतालको आकष्मिक कक्षमा उपचाररत चारजनाको जिन अक्स्पर्ट प्रविधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण पाइएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार संक्रममितमध्ये पर्साका ३२ जना, बाराका चारजना, सर्लाहीका एकजना र जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण गरिएका तीनजना सहित चारजनाको ठेगाना खुलेको छैन।

संक्रमण पुष्टि हुनेमा ८ महिला र ३३ पुरूष रहेका छन्। पर्सामा थपिएका  ३२ जना संक्रमितमध्ये वीरगन्ज  महानगरपालिकाका २१ जना, कालिकामाई गाउँपालिकाका ९ जना र जिराभावानी गाउँपालिकाका दुईजना रहेका छन्।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा १२ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर २० का  २ जना र वडा नम्बर ५, ६, १३ र १५ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर १ र ४ का ४/४ जना र वडा नम्बर ३ मा एक जनामा संक्रमण  देखिएको छ भने जिराभावानी गाउँपालिकाको वडा नम्बर २ का २  जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाराको कोल्भी नगरपालिकाको ३ जना र महागढीमाई नगरपालिका वडा नम्बर ११ का एकजनामा संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुने एकजना भने  सर्लाहीका नागरिक रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय