चिकित्सकलाई पुनः सेवामा फर्किन प्रदेश अस्पतालको आग्रह
संक्रमणको जोखिम बढेसँगै बन्द भएको प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। चिकित्सकमा कोरोना देखिएपछि भदौ ११ गतेदेखि ओपीडी सेवा बन्द गरिएको थियो।
बिरामीलाई सास्ती भएको भन्दै प्रदेश अस्पताल सुर्खेतले भदौ १६ गतेदेखि ओपीडी सेवा सुचारु गर्ने जनाएको छ। ओपीडी सेवा बन्द भएपछि बिदामा बसेका अस्पतालका चिकित्सक तथा कर्मचारीलाई पुनः भदौ १६ गतेदेखि सञ्चालन हुने भएकाले काममा आउन अस्पतालले आग्रह गरेको छ।
प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डम्बर खड्काद्वरा हस्ताक्षरित सूचनामा भदौ १६ गतेदेखि ओपीडी सेवा सुचारु हुनेभएकाले सबै कर्मचारी र चिकित्सकलाई सेवामा फर्किन आग्रह गरिएको छ।