प्रदेश ५ मा चारजनाले आइसियु र १०८ जनाले आइसोलेसन कुर्दै

प्रदेश ५ मा चारजनाले आइसियु र १ सय ८ जनाले आइसोलेसनको बेड पाएका छैनन्। बेड अभाव भएपछि ति संक्रमितले पालो कुरेरे बसिरहेको प्रदेश सरकारकै भनाई छ।

प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसियुमा उपचार भैरहेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालमा १६ जना र दाङको राप्ती प्रादेशिक अस्पतालको बेलझुण्डीस्थित अस्पतालमा एकजनाको आइसियुमा उपचार भैरहेको हो।

बुटवलको कोरोना अस्पतालमा ४ जना तीन दिनदेखि आइसियु कुरेर बसिरहेका छन्। बेड खाली नभए पनि उनिहरू आइसियु कुरिरहेका हुन्। लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले अनेत्र पठाउन सकिन अवस्था नभएपछि बिरामीले पालो कुरिरहेको बताए।

यसैगरी बुटवलकै कोरोना विशेष अस्पतालमा दुईजनाको गम्भीर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक अपडेटमा मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले दिएको जानकारी अनुसार प्रदेश ५ मा १ हजार ४१७ जना संक्रमित आइसोलेशन र अस्पतालहरूमा उपचाररत रहेका छन्।

तीमध्ये १ सय ३७ आइसोलेशनमा १ हजार १ सय ९३ जना रहेका छन् भने १ सय ८ जना संक्रमित क्‍वारेन्टिनमा रहेका छन्। उनीहरूलाई आइसोलेशनमा लैजाने तयारी भएको डा. पौडेलले बताए।

प्रदेश ५ मा १ सय १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश ५ मा परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको दर ६ प्रतिशत र निको हुने दर ७७ प्रतिशत रहेको र मृत्युदर ०.४५ प्रतिशत रहेको उनले बताए।

प्रदेश ५ मा आइतबारसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ८३८ जना निको भएर घर फर्किएका छन्। आइतबार दिउसोसम्म प्रदेश ५ मा ४८ जना संक्रमित थपिएको पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय