स्वास्थ्य मन्त्रालयको चेतावनी : समवन्य विना बिरामी रिफर नगर्नु, ज्यान गए जिम्मा लिनुपर्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियुमा भएका बिरामीलाई समवन्य विना बिरामी रिफर नगर्नेको लागि आग्रह गरेको छ।

समवन्य विना नै रिफर गरेर बिरामीलाई तलमाथि भएमा त्यसको जिम्मेवारी सोही अस्पतालले लिनुपर्ने चेतावनी समेत दिएको छ।

आइसियुमा भएका बिरामीलाई कोभिड डेडिकेट अस्पतालमा रेफर गर्दा समवन्य नगरी वा स्वास्थ्यकर्मीलाई साथमा नराखी पठाइरहेको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘बिरामीलाई अस्पतालले रेफर गर्दा कोभिड डेडिकेटेड हस्पिटलसँग समन्वय नगरि रेफर गरेमा बिरामीको जिम्मा अस्पतालले नै लिनुपर्ने छ, डा. गौतमले भने, ‘ समन्वय नगरेको र स्वास्थ्यकर्मीको रेखदेख बिनै रेफर गर्दा बिरामीको मृत्यु हुन थालेको छ।’

कोभिड विशेष अस्पतालमा बेड खाली भए नभएको एकिन गरी र स्वास्थ्यकर्मी सल्लाह बमोजिम काम गर्नको लागि आग्रह गरे।

त्यसैगरी, कोरोना व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था समबन्धित अस्पतालले नै गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च अस्पताललाई मन्त्रालयले भुक्तानी दिर्ने डा. गौतमले बताए।

अस्पतालले क्वारेन्टाइनको व्यवस्था नगरेको भए स्वास्थ्यकर्मीले तुरुन्तै मन्त्रालयलाई खबर गर्न समेत अनुरोध गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय