सावधान! एक संक्रमितले ३ हजारलाई कोरोना सार्न सक्छन्

एक कोरोना संक्रमितले ३ हजार सम्मलाई संक्रमण सार्न सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट मार्फत सो जनाकारी गराएका हुन्।

आज–भोलि कोरोना संक्रमणको दर बढिरहेको भन्दै सर्वसाधारणलाई सरकारले तोकेको मापदण्ड अपनाएर आ–आफ्नो ठाउँमा बस्नको लागि डा. गौतमले आग्रह गरे।
‘कुनै पनि व्यक्ति आइसोलेसन सेन्टर वा क्वारेन्टाइनबाट भाग्दा उसले आफ्नै परिवार र समाजलाई संक्रमणको जोखिममा पार्ने डा. गौतमले बताए।

‘सरकारले सिमित स्रोत र साधन लिएर यो असहज परिस्थिति सँग लडिरहेको छ, डा. गौतमले भने, ‘आफ्नो स्रोत–साधनले पुगेसम्मको राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सर्वसाधारणको अपेक्षा पुरा नभएको हुन सक्छ।’

यो असहज परिस्थिितमा आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न डा. गौतमले आग्रह गरे।

आइतबार मात्र देशभर १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँग देशभर कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय