काठमाडौं उपत्यकामा ५ हजार ४ सय २६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ३७२, भक्तपुरमा ४५, ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका सहित काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

आइतबार देशभर १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर कुल संक्रमित संख्या ३८ हजार ५ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय